Connect with us
Kapilvast Forest

सासंद साहमाथि गैरसैनिक हवाइ उडानसम्बन्धी कसूरमा अनुसन्धान हुँदै, दस वर्षसम्मको जेल सजाय हुन सक्ने

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

बुद्ध एयरको काउण्टरमा तोडफोड गर्ने आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साह अहिले प्रहरी हिरासतमा छन्।

मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनलाई त्यही दिन जनकपुर ल्याइयो र जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखियो।

सांसद साहमाथि गैरसैनिक हवाइ उडान कसूरसम्बन्धी मुद्दा दर्ता गरी बुधबार धनुषा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गराइ अनुसन्धानका लागि उनलाई अहिले हिरासतमै राखिएको छ।प्रहरीले सुरूमा अनुसन्धानका लागि १० दिनको समय माग गरे पनि न्यायाधीश तीर्थ प्रसाद केसीले ४ दिनका लागि मात्रै म्याद थप गरे।

सांसद साह तोडफोडमा संलग्न भए/नभएको भन्ने कुरा प्रहरीले अनुसन्धान गरेपछि मात्रै कारबाही हुन सक्ने धनुषा जिल्ला अदालतका स्रेस्तेदार यज्ञप्रसाद आचार्य बताउँछन्।उनले भने,‘अहिले प्रहरी अनुसन्धान जारी छ। उहाँको संलग्नता छ वा छैन भन्ने कुरा प्रहरीको अनुसन्धान सकेपछि मात्रै बुझ्न सकिन्छ, यदि उहाँको संलग्नता छैन भने उहाँले सफाइ समेत पाउन सक्नुहुन्छ ।’

यता आफूहरूले अदालतबाट म्याद थप गराएसँगै अनुसन्धान सुरू गरिसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।उनले भने, ‘सांसद साहमाथिको अनुसन्धान प्रक्रिया सकेपछि रिपोर्ट हामी जिल्ला सरकारी वकिल कार्यालयमा पेश गर्छौं र सरकारी वकिल कार्यालयमार्फत् अदालतमा पेश गर्छौं, र अदालतले के गर्छ त्यो अदालतको विषय हो।’

सासंद साहमाथि गैरसैनिक हवाइ उडान ऐन २०१५ अन्तर्गत दफा ९ को ६ बमोजिम मुद्दा दर्ता गरिएको छ। जसमा गैरसैनिक हवाइ उडानसम्बन्धी कसूर गरे ५ देखि १० वर्षसम्मको कैद हुन सक्ने व्यवस्था छ।अनुसन्धानका लागि अदालतले ४ दिनको समय दिइए पनि अनुसन्धान नटुंगिए समय अझ थप्न सकिने प्रहरी उपरीक्षक खनालले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu