Connect with us
Kapilvast Forest

सभामुख चयनमा नेकपाभित्र विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ ।

संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख चयन प्रक्रिया नेकपाका लागि नै भारी पर्ने संकेत देखिंदैछ ।

बलात्कार अभियोगमा कृष्णबहादुर महराले पदबाट राजीनामा गरेपछि सभामुख पद अहिले खाली छ । सभामुख चयानका लागि प्रतिनिधिसभा बैठक आवश्यक हुन्छ ।तर अहिले संसदको अधिवेशन नै नबसेको अवस्था छ । संसदको अधिवेशन लगायतका प्रविधिक कुरा भन्दा पनि सभामुख कस्ले पाउने भन्ने विषय अहिले पेचिलो बनेको छ ।

संविधानत उपसभामुख शिवमाया तुम्वहाम्फे त्यही पदमा रहँदासम्म नेकपाले सभामुख दाबी गर्न पाउने अवस्था छैन । दुई तिहाइ मतको नजिक रहेको नेकपाले सभामुख अन्य दललाई छोड्ने वाला पनि छैन ।सभामुख आफुहरु कुनै पनि हालतमा छोड्ने मुडमा नरहेको नेकपा नेता हरीबोल गजुरेल बताउँछन् ।

यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुख शिवमायाले राजिनामा दिनुपर्ने हुन्छ । उपसभामुख राजीनामा दिने मुडमा छैनन् ।

पार्टी एकीकरणपूर्व राष्ट्रपति, प्रधानमन्त्रीसहित सभामुखको पद भागबण्डा गर्दा सभामुख तत्कालिन माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । पूर्वमाओवादी खेमा अहिले पनि सभामुख आफुहरुले पाउनुपर्ने पक्षमा छ ।तर पूर्वएमाले धाराका नेताहरुले सार्वजनिक रुपमा कुनै टिप्पणी नगरे पनि पार्टी एकीकरण भइसकेको अवस्थामा के को भागवण्डा भन्दै भित्र–भित्रै पूर्वसभामुख सुवास नेवाङलाई नै सभामुख बनाउनु पर्नेमा छ ।

यदि त्यसो गर्न अप्ठ्यारो भए वर्तमान उपसभामुखलाई नै काम गर्ने जिम्मेवारी दिनुपर्नेमा छन् ।पार्टी एकिरणको काम टुंगी नसकेको अवस्थामा हिजो भएको सहमति अनुसार नै आफुहरुले सभामुख पद पाउनुपर्ने अध्यक्ष प्रचण्डसँग निकट नेता गजुरेल बताउँछन् ।

संसद अधिवेशन नभएको अवस्था र प्रधानमन्त्रीसमेत केही समयका लागि स्वदेश बाहिर जाने कार्यक्रम तय भएकाले तिहार अगाडि सभामुख चयन हुने संभावना क्षिण छ । अझ सत्तारुढ दल आफैभित्र के गर्ने भन्ने विषयमा स्पष्ट नहुँदा सभामुख चयन प्रक्रिया अनिश्चित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu