प्रवासी नेपाली जापानको दशैं कार्यक्रम
जापान- प्रवासी नेपाली सशक्तिकरण समाज र कल भैरव फोर्स जापानले जापानको (Hyogo ken miki city )मा नेपालीहरूको महान चाड वडादशैंको अवसर पारी बिजया दशमीका दिन सरसफाई कार्यक्रम सहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।
प्रवासी नेपाली सशक्तिकरण समाज का अध्यक्ष तथा काल भैरवका प्रवास संयोजक जनक पाठक (विद्रोही हिमाली ) अध्यक्षता भएको उक्त कार्यक्रम संचालन चितवन समाज जापान कान्साईका वरिष्ट उपाध्यक्ष विष्णु शर्मा पौडेलले गर्नु भयको थियो भने कार्यक्रमको अतिथीहरूमा प्रमुख अतिथी: miki city secretary ईन्चार्ज (Takahashi Keichi) र अतिथीहरू (miki city international association director) (Kawagoe kyoko ),film director , yamada Hayato र हरेक वर्ष नेपाल घुम्न गइरहनु हुने जापानिज नागरिक kuwabara Hiroshi ज्यु हरूको आतिथ्य सहित कार्यक्रम आयोजकको तर्फ बाट काल भैरव प्रवास संयोजक जनक पाठक विद्रोही, प्रवाशी नेपाली सशक्तिकरण समाजका उपाध्यक्ष नारायण प्रसाद ज्ञावली र काल भैरव force का secretary ईन्चार्ज उपेन्द्र आचार्य ले आसन ग्रहण गर्नु भयको थियो।
कार्यक्रमको औपचारीक शुरूवाद नेपाल र जापानको राष्ट्रीयगान बाट शुरू गरिएको थियो । चितवन समाज जापान कानसाईकी महिला संयोजक श्रीमती कमला घिमिरे आचार्य ज्यु बाट आमन्त्रित संम्पुर्ण अतिथी ज्युहरूलाई दशैंको शुभकामना सहित स्वागत मन्तव्य व्यक्त गर्नु भयको थियो भने काल भैरवका संयोजक जनक पाठक ज्युले नेपालीहरूको महान चाड वडादशैं र नेपाल भ्रमण वर्ष २०२० को बारेमा प्रष्ट पार्नु भयको थियो। साथै प्रत्येक वर्ष नेपाल गईरहनु हुने जापानिज पाहुना kuwabara hiroshi ले नेपाल घुम्न किन जानु पर्ने भन्ने विषयमा आफुले देखेका र भोगेका अनुभवहरू उपस्थित सबैलाई प्रष्ट्याउनु भयको थियो।
उक्त कार्यक्रममा प्रवासी नेपाली सशक्तिकरण समाजका प्रवक्ता श्री विनोद घिमिरे एवं कलाकार भवानी पाठकले आ आफ्नो नृत्य प्रस्तुत गरि उपस्थित सबैलाई मनोरोन्जन प्रदान गर्नु भएको थियो, साथसाथै अग्रज व्यक्तित्व श्री नर नारायण कंडेल ज्यु बाट टिका जमरा ग्रहण गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो।
कार्यक्रमको अन्त्यतिर उपस्थित अतिथी हरू,,miki city secretary ईन्चार्ज र miki city international association director ले आ -आफ्नो धारणा राख्ने क्रममा उहॉहरूले भन्नु भयो यस city मा करीब १९०० विदेशीहरू मध्ये नेपालीहरू जम्मा २२ जना मात्रै भए पनि तपाई नेपालीहरूको आफ्नो देश र देश प्रतिको स्नेह संस्कार देख्दा आफुहरू प्रभावित भएको साथै यस कार्यक्रममा आमन्त्रित भई नेपाल र नेपालीको बारे धेरै कुराहरू बुझ्ने मौका पाएकोमा आयोजक टिम प्रति धन्यवाद ज्ञापन गर्नु भयको थियो।
नेपाली हरूको वसोबास कम भएको city भएतापनि कार्यक्रमलाई सफलपार्न वरपरका city उपस्थिती हुने नेपाली लगायत जापानिज पाहुनाहरूको बाक्लो उपस्थिती हुनुको साथसाथै चितवन समाज जापान कान्साईको संयोजक भुम प्रसाद गैरे ज्यु लागायत उहॉका कार्यसमितीका प्रमुख व्यक्तित्वहरूको उल्लेखनिय उपस्थितीले कार्यक्रम छुट्टै रौनक छाएको थियो । कार्यक्रममा आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईरहने काल भैरव Force का प्रवास संयाजक जनक पाठक (विद्रोही हिमाली)ले बताउनु भयो ।