यस्ता व्यक्तिको रोक्का हुँदैछ राहदानी
काठमाडौं । संसद्ले हालै पारित गरेको राहदानी विधेयकले फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी (पासपोर्ट) रोक्का हुने व्यवस्था गरेको छ । यससँगै अब फौजदारी अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिको राहदानी पनि जफत हुने भएको छ । राष्ट्रपतिबाट मंगलबार प्रमाणिकरण भएको राहदानी ऐन २०७६ मा कूटनीतिक राहदानी, विशेष राहदानी, सर्भिस राहदानी, साधारण राहदानी प्राप्त हुने व्यवस्था गर्दै फौजदारी कसुरमा संलग्न व्यक्तिको राहदानी रोक्का राख्ने व्यवस्था गरेको हो । नागरिक दैनिकले खबर छापेको छ ।