Connect with us
Kapilvast Forest

चिलीमा मूल्य वृद्धिको विरोधमा आन्दोलन चर्किएपछि मूल्य वृद्धि फिर्ता

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

चिलीमा मूल्य वृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति सेबास्टिन पीनेराले मूल्य वृद्धि गर्ने निर्णय स्थगित गरेका छन् ।

राजधानी सान्टियागोमा आपतकालीन अवस्थाको घोषणा गर्दा पनि प्रदर्शन नरोकिएपछि सरकार आफनो निर्णय फिर्ता लिन बाध्य भएको हो ।रातको समयमा प्रदर्शन झन चर्किएपछि कफर्यु आदेश जारी गरिएको थियो ।मेट्रो रेलको टिकटमा गरिएको मूल्य वृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले मेट्रो रेल सेवाका विभिन्न संरचनामा तोडफोड गरेका छन् ।प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका छन् भने प्रहरीको गाडीमा आगो लगाइदिएका छन् ।प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रु ग्यास प्रहार गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् ।

उच्च आवतजावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडा दर करिव १ दशमलव १७ डलरले बढाइएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj