Connect with us
Kapilvast Forest

ऋण दिन्छु भन्दै बलात्कार, साढे ४ लाखमा मिलाउने प्रयास

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

विराटनगर । नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

प्रबन्धक बास्तोलाले युवतीलाई चैत २२ गते रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मेरिना होटेल र चैत २६ गते इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा लगेर बलात्कार गरेको रहस्य खुलेको छ । ऋणको प्रक्रिया मिलाउने वहानामा गेस्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै युवतीले त्यतिबेला नै प्रहरीमा बास्तोलाविरुद्ध उजुरी दिएकी थिइन । तर त्यसबेला प्रहरीले उजुरी दर्ता गनए अस्वीकार गर्यो ।

घटनाको २ महिनापछि महानिर्देशक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा प्रहरीले जाहेरी लिएको हो । जाहेरी दिएपछि प्रहरीले बास्तोलालाई २०७६ जेठ २५ गते पक्राउ गर्यो । प्रहरीको अनुसन्धानपछि बास्तोला साउन १३ गते जेल चलान भए ।

बास्तोलाविरुद्ध अहिले मुद्धा चलिरहेको छ । मुद्धा चलिरहेको बेला बलात्कार घटनालाइ पैसामा मिलाउने प्रयास भइरहेको छ । घटनामा संलग्न व्यक्ति थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाइले बलात्कार घटना अस्वीकार गर्न दबाब दिँदै ४० लाख ५० हजार रुपैयाँमा मिलाएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका छन् ।

बलात्कार पैसामा मिलाउन दबाब आएपछि यूवती अहिले तनावमा छिन् । मुद्दाकाे आइतबार बकपत्र थियो । पीडीत युवती जिल्ला न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको इजलासमा बकपत्र शुरु हुना साथ इजलासमै बेहोस भएर ढलिन् । उनलाई तत्कालै अस्पताल लगियो । चिकित्सकले युवती तनावको कारण बेहोस भएको जानकारी गराए । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu