Connect with us
Kapilvast Forest

बिद्यार्थीले चिट नचोरुन् भनेर बिद्यार्थीको टाउकोमै कार्टुन

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

एजेन्सी । परीक्षामा चिट् नियन्त्रण गर्नका लागि एक भारतीय विद्यालयमा प्रत्येक बिद्यार्थीहरुको टाउकोमा कार्टुन लगाइदिएको छ ।

कर्नाटक राज्यस्थित भगत प्रि–युनिभर्सिटी कलेजले गतहप्ताको बुधबार परीक्षामा बिद्यार्थीले चिट चोरेर हैरान गरेपछि बिद्यालयले यस्तो जुक्त्ति निकालेको हो । परीक्षामा बिद्यार्थीले चिट नचोरुन् भनेर कलेज प्रशासनले प्रत्येक बिद्यार्थीको शिरमा कार्टुन राखिदिएको थियो ।

उक्त कार्टुनको भागबाट उत्तर पुस्तिका र प्रश्नपत्र मात्र देख्न सकिने बनाइएको थियो । यस घटनाको फोटो सार्वजनिक भएपछि विश्वभरबाट उक्त भारतीय कलेजको आलोचना भएको छ।

७२ जनाले परीक्षा दिएकोमा ५६ जना विद्यार्थीले शिरमा कार्टुन राख्नु परेको थियो। चौतर्फी आलोचना भएपछि कलेज प्रशासनले माफी मागेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj