Connect with us
Kapilvast Forest

मोटरसाइकल र टिपर ठोक्‍किँदा एकको मृत्यु, एक गम्भीर

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

परासी ।   भैरहवा-भूमही सडकखण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका१८ बडगाउँका ३० वर्षीय लक्ष्मण चौधरी छन् ।

सोही ठाउँका ३२ वर्षीय बलिराम चौधरीको अवस्था भने गम्भीर छ । उनको  लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकल भैरहवातर्फ जाँदै गरेको लु १ ख ५६५८ नम्बरको टिपरको पछिल्लो भागमा ठोकिन पुग्दा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu