Connect with us
Kapilvast Forest

अख्तियारद्वारा खाडीमा ‘हाउसमेड’ पठाउने अध्यागमनका १३ कर्मचारीविरुद्ध मुद्दा दायर

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ११ अधिकृतसहित १३ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले खाडी मुलुकमा महिलालाई घरेलु कामदार (हाउसमेड) को रुपमा पठाउने कार्यमा संलग्न भएको आरोपमा कर्मचारीविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले खाडीमा हाउसमेड पठाउने कार्यमा अध्यागमन कार्यालयका अधिकृतहरु कमलप्रसाद पराजुली, तारण पराजुली, मनहरि बराल, दिनेश केएम, चक्रबहादुर श्रेष्ठ, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, मनोज पोखरेल, जगदीशचन्द्र नेपाली र पदमप्रसाद गौतमको संलग्नता रहेको पाइएको जनाएको छ ।

पराजुलीको मोबाइलको म्यासेज चेक गरेपछि अन्य ११ अधिकृत र २ कम्प्युटर अपरेटरको संलग्नता रहेको रहस्य खुलेको हो । अख्तियारले १३ जना कर्मचारीसँग जनही २४ लाख ८० हजार रुपैयाँको दरले बिगो दाबी गरेको छ । खाडी मुलुकमा हाउसमेड पाउने कार्यमा कार्यालयका कम्प्युटर अपरेटर भोजप्रकाश न्यौपाने र रोशन गौतमको पनि संलग्नता देखिएको अख्तियारले उल्लेख गरेको छ ।

अध्यागमन कर्मचारीकै मिलेमतोमा महिलालाई हाउसमेडको रुपमा खाडी मुलुकदेखि यूरोपका फ्रान्स र स्पेनमा समेत पठाउने गरिएको खुलासा भएको छ । खाडी मुलुकमा अन्य मुलुकबाट गएका घरेलु कामदार महिलाले बलात्कारसहित विभिन्न किसिमको यातना व्यहोर्दै आएका छन् ।

महिलामाथि यौनजज्य अपराध हुन थालेपछि सरकारले २०५९ सालदेखि खाडी मुलुकमा हाउसमेड पठाउन बन्द गरेको थियो । हाउसमेड प्रतिबन्ध गरिए अध्यागनका कर्मचारीको मलिमतोमा कागजी प्रक्रिया मिलाएर महिलालाई खाडी मुलुक पठाउने गरिएको छ ।

अध्यागमनका कर्मचारीले महिलालाई खाडीमुलुक पठाउन कर्मचारी र बिचौलिया मिलेर प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लिइ पर्यटन भिसामा पठाउने गरेको रहस्य खुलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu