Connect with us

अमेरिकाले भन्यो, नेपालमा चिनियाँ प्रभाव बढ्यो

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको ब्रिफिङ गरेकी छन्।
एसिया तथा प्यासिफिक परराष्ट्र मामिलासम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय उपसमितिमा वेल्सले नेपालसम्बन्धी ब्रिफिङ गरेकी हुन्। नेपालमा चिनियाँ प्रभाव बढ्दो छ। त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ, उनले ब्रिफिङमा भनेकी छन्,

सरकारले तिव्वतीयन बुद्धिष्ट समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ। दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा पनि रोक लगाइएको छ।

नेपालमा सन् २०१८ मा जारी भएको फौजदारी अपारध संहिताले जबरजस्ती धर्म परिवतर्न अपराध मानेकोले धार्मिक अल्पसंख्यक समुदायहरु जोखिममा परेका बताउँदै उनले नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा कुनैपनि आस्था राख्ने र धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चतता त गरेको छ तर व्यवहारमा लागू हुन भने चुनौती रहेको जनाएकी छन्।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu