Connect with us
Kapilvast Forest

न श्रीमती बाँचिन्, न त श्रीमान–एकै दिन दुवैको मृत्यु

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमानको शव बोकेर फकँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमानको पनि मृत्यु ।

सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान ६८ वर्षीया शोभित साहले एकै दिन ज्यान गुमाएका छन् ।

सिरहाकै फुलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मुटुमा समस्या देखिएपछि श्रीमती गंगियादेवी र सालोको छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै आफैं पनि घर फर्कन पाएनन् ।

एम्बुलेन्समा काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारी आउँदै गर्दा बाटोमै गंगियादेवीलाई व्यथाले च्याप्यो । अस्पतालसम्म पुग्नै नभ्याई उनले प्राण त्यागिन् । नाति नरेन्द्र साहका अनुसार मंगलबार बिहान २ बजे अस्पताल पु¥याउँद गंगियादेवीलाई चिकित्सकले मृत घोषणा गरे ।
अस्पतालको प्रक्रिया पूरा गरि करिब पौन ३ बजे शोभित, श्रीराम कान्छा छोरा देवकुमार र निलु एम्बुलेन्समा सिरहाका लागि हिँडे । बोटोमा एम्बुलेन्स दुर्घटना भयो । दुर्घटनामा गंगियादेवीको श्रीमान शोमितले ज्यान गुमाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu