Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पहिलो पटक डान्सीङ्ग स्टार प्रतियोगीता हुँदै

२०७६, १६ कार्तिक शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु।

कपिलवस्तुमा जिल्लामै पहिलो पटक कपिलवस्तु डान्सीङ्ग स्टार २०७६ प्रतियोगीता हुने भएको छ । छमछमी कला केन्द्रको आयोजनामा जिल्लामा पहिलो पटक प्रतियोगीता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गर्दै आगमी मंसीर १५ गते देखी रियालिटी शो प्रतियोगीता हुने छमछमी कला केन्द्रका प्रमुख सुमन पौडेलले जानकारी दिनु भयो ।पहिलो चरणमा यही कार्तिक १९ र ३० गते विभिन्न स्थानमा अडिशन हुने बताइएको छ ।

अडिशन कपिलवस्तुको तौहिलवा, चारनंम्बर जितपुर, गोरुसिगें, इमिलिया र चन्द्रौटामा अडिशन गर्ने कला केन्द्रका प्रमुख सुमन पौडेलले बताउनु भयो । कपिलवस्तु डान्सीङ्ग स्टार २०७६ प्रतियोगीतामा करिब एक हजारले सहभागीता जनाउने लक्ष्य राखीएको छ । पहिलो चरण अडिशनमा छनोट भएका सहभागीहरुलाई मात्र रियालिटी सो कार्यक्रममा प्रवेश गनराउन सकीने पत्रकार सम्मेलनमा कपिलवस्तु डान्सीङ्ग स्टार २०७६ प्रतियोगीताका कार्यक्रम संञ्चालक तथा गायक दिपक भण्डारीले जानकारी दिनु भयो ।

डान्सीङ्ग स्टारको जजको रुपमा नेपालको चर्चित नायिका पुजना प्रधान, मोडल हरि।शरण रिजाल र छमछमी कला केन्द्रका प्रमुख तथा नित्य निर्देशक सुमन पौडेल रहेका छन । प्रतियोगीताको तयारी अन्तीम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रियालिटी शो कार्यक्रम ५ नं प्रदेशको चर्चित टेलिभिजन बुद्ध टेलिभिजनमा प्रशारण हुने आयोजनकले जनाएको छ । डान्सीङ्ग स्टार प्रतियोगीताले कपिलवस्तुको शान उच्च राख्ने आयोजकको भनाइ रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj