आज सार्वजनिक बिदा
यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।
यसैगरी, सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पनि छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।