६ सय औषधि पसलको दर्ता रद्द
काठमाडौं । सरकारी उदासीनताका कारण नेपाली औषधि बजारमा विकृति मौलाएको छ । औषधि व्यवस्था विभागले पारदर्शी र प्रभावकारी रुपमा काम गर्न नसक्दा औषधि बजारमा विकृति मौलाएको हो ।
सर्वसाधारण नागरिकको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि बजारमा विकृति मौलाए पनि औषधिको नियमन, अनुगमन र निर्देशन दिने सर्वोच्च निकाय औषधि व्यवस्था विभाग अहिले आफैं नेतृत्वको विवादमा अल्झिएको छ ।
विभागका अनुसार ६१५ वटा औषधि पसल रद्द गरेको छ ।
विभागको तथ्यांकअनुसार ०७५–०७६ मा ६१५ वटा औषधि पसल रद्द भएका छन् । यस्तै, ११ हजार २१९ वटा औषधि पसलको नविकरण भएको छ । विभागका अनुसार १ हजार ८५४ वटा नयाँ औषधि पसल दर्ता भएका छन् । राजधानी दैनिकले खबर छापेको छ ।