Connect with us
Kapilvast Forest

एक वर्षमा सवा दुई अर्ब बचत गर्ने नेपाल एयरलाइन्सको लक्ष्य

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन हुन थालेको दावी गरेको छ।

निगमले आलु आर्थिक वर्ष २०७६/७७ को पछिल्लो चार महिनाको अवधिमा दुई अर्ब हाराहारी रकम बचत गर्न सफल दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण झण्डै ४० अर्ब पुगेको छ।

निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व बढी उठाएबापत निगमलले सञ्चिती गर्न सफल भएको बताए। उनले निगमको अपरेशन र इन्जिनीयरिङ विभागको प्रणाली परिवर्तन गरी खर्च व्यवस्थापन गरिएको दाबी गरे।

निगमको प्रगति विवरणअनुसार चालू आवभित्र प्रणालीगत सुधारतर्फ एक अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिताबापत ५८ करोड २८ लाख गरी जम्मा दुई अर्ब २७ करोड ६१ ५९ हजार आर्थिक रकम बचत गर्ने प्रक्षेपण गरेको छ।

निगमको अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तारको राजश्व, सेवा व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले पनि निगमलाई फाइदा भएको छ। लामा गन्तव्यमा वाइड बडी जहाजको आर्थिक उपलब्धि सन्तोषजनक रुपमा भइरहेको व्यापारले पनि निमगको आर्थिक अवस्थालाई सुधार्न योगदान पुगेको छ।

निगमले यस आर्थिक वर्षको अवधिमा वाइड बडी जहाज चलाउन सक्ने १५ जना पाइलट उत्पादन गर्ने जनाएको छ । आन्तरिक उडानमा साना जहाजका लागि पनि पर्याप्त पाइलट व्यवस्थापन भएकाले ग्राउन्डेड जहाज उडान गर्न सहज हुने अध्यक्ष खरेलको भनाइ छ।

उनले भने “अब पाइलट अभावले चिनियाँ जहाज उडाउन समस्या हुँदैन, चारवटा वाई १२ जहाजमध्ये अहिले नै तीन जहाज उडाउन सक्ने क्षमता विकास भइसकेको छ, तर जहाज व्यवस्थापनका लागि अन्य विकल्प पनि खोज्दैछौँ ।”

निगमले अहिले विभिन्न सात देशका नौ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ‘ए’३३० जहाज दुई थान र न्यारो बडी ‘ए’३२० दुई थान जहाज छन् । निगमसँग अहिले भएको एक मात्र ७५७ बोइङ बिक्रीका लागि अन्तिम तयारी गरिएको छ। बोइङ बिक्रीका लागि एक÷दुई दिनभित्रै वार्ता हुने निगमले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu