Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित कार्यक्रमको शुभारम्भ

२०७६, २२ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत च्द्यद्य RBB Empowerment Academy मा तीनदिने तालिमको शुभारम्भ गरेको छ । प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनोट भएका ३० जना युवालाई तीनदिने तालिम प्रदान गर्ने उद्देश्यले शुक्रबारबाट शुभारम्भ गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदैं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँनयाँं उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताउनुभयो । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने श्रेष्ठको भनाइ थियो ।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गतेसम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नातकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परीक्षा तयारी सम्बन्धी तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने छ । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य तथा जब डाइनामिक्सका निर्देशक प्रयासराज उपाध्यायले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सुष्मिता वैद्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दिपकराज न्यौपाने, मार्स एडभरटाइजिङ्गका सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैंकले गत आव २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ एटिएम र ९३ शाखारहित बैंकिङ्ग रहेको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu