Connect with us
Kapilvast Forest

भ्रष्टाचारविरुद्ध नेकपाको ‘भण्डाफोर अभियान

२०७६, २४ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । पत्रिकाहरूले सरकारले बाेलाएकाे सर्वपक्षीय बैठकमा  कालापानीबारे नेताहरुको बीचमा ऐक्यबद्धता कायम भएको समाचारलाई मुख्य चासाे िदएर छापेका छन् ।

राजधानी दैनिकले भ्रष्टाचारविरुद्ध नेकपाको ‘भण्डाफोर अभियान’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचार अनुसार प्रदेश नम्बर २ सरकारको भ्रष्टाचार विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारले भ्रष्टाचार न्यूनिकरण गर्नुको साटो भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै प्रदेश २ को प्रमुख प्रतिपक्ष नेकपाले जनस्तरसम्म आवाज उठाउने जनाएको हाे । नेकपाका प्रदेश कमिटी अध्यक्ष प्रभु साहले सिंगो मुलुक समद्धि र सुशासनतर्फ अघि बढिरहेका बेला २ नम्बर प्रदेशको सरकार कमिसनको खेलमा लागेको समाचारमा लेखिएको छ । राजधानीमा कालापानीबारे नेताहरुको बीचमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको र भारतसँग उच्चस्तरीय वार्ता गरिने सहमति भएको बारे पनि शीर्ष समाचार छापिएको छ ।

गोरखापत्र दैनिकमा कालापानीबारे नेताहरुको बीचमा ऐक्यबद्धता कायम भएको र भारतसँग उच्चस्तरीय वार्ता गरिने सहमति भएको समाचारले शीर्ष स्थान पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताउनुभएको समाचारमा उल्लेख छ ।

प्रधानमनत्री ओलीले शनिबार बोलाउनुभएको सर्वपक्षीय बैठकमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष तथा पूर्व पूधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत पूर्व प्रधानमन्त्रीहरु, पूर्व परर्राष्ट्रमन्त्रीहरु लगायत विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । गोरखापत्रले सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर रहेको शीर्षकमासमेत प्रमुख समाचार छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार र सचिवालयका सहयोगीलाई पदबाट हट्न निर्देशन दिएको समाचारलाई प्रथम पृष्ठमा समेटेको छ । समाचार अनुसार प्रधानमन्त्री ओलीले सबै सल्लाहकारलाई मंसिर १ देखि लागू हुने गरी राजीनामा दिन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले नयाँ जोस र जाँगरका साथ कामलाई गति दिन खोज्नुभएकोले आफ्नो टिमका पुराना सदस्यलाई विदा गर्न लाग्नुभएको समाचारमा लेखिएको छ । अन्नपूर्णले पनि भूमि रक्षामा राष्ट्रिय सहमति शीर्षकमा मुख्य समाचार छापेको छ भने अयोध्या राम मन्दिरलाई शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu