आज मोहम्मद डे, नेपालसहित विश्वभर मनाइँदै
सनिउल्ला धाेबी कपिलवस्तु कातिर्क २४ ।
नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औं जन्म जयन्ती मनाइरहेका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्यालीको आयोजना गरेका छन् ।
कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्जमा मुस्लिमहरुले र्याली निकालेर मोहम्मद डे धुमधामका साथ मानाउदै गरेकाे मौलना रमजान मन्सुरीले जनकारी दिए ।
र्यालीमा उपस्थित मुस्लिम अगुवाहरुले मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने माग समेत गरेका थिए ।
कपिलवस्तुका मुस्लिम अगुवाहरुले मुस्लिम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसा अन्य सरकारी विद्यायालय सरह हुनुपर्ने लगायतका माग राखेका छन् ।
सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुसलमान संयुक्त संघर्ष समितिसँग सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त समेत गरेका थिए ।