Connect with us
Kapilvast Forest

मोहम्मद डे धुमधामका साथ मनाइयो

२०७६, २४ कार्तिक आईतवारमा प्रकाशित

सनिउल्ला धोबी .कपिलवस्तु कार्तिक २४,
आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औं जन्म जयन्ती नेपालको विभिन्न जिल्लामा धुमधामका साथ मनाइएको छ ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहर्त यालीको आयोजना गरेका छन् । कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्जमा मुस्लिमहरुर्ले याली निकालेर मोहम्मद डे धुमधामका साथ मनाइएको छ । मौलाना महेबुव अलि शेखको यस्तो भनाई छ ।
मोहम्म्मद डेले सामाजिक सदभाव सगै सवै समुदायमा भाईचाराको सम्वन्ध स्थापित हुने विश्वास छ । यसै पर्वका अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका गरिव दुखि असाहयहरुलाई कम्वल समेत वितरण गरिएको छ । मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने चन्द्रौटा उद्योग वाणिज्य सघंका अध्यक्ष तथा मुस्लीम अगुवा जमशेद अलि मियाको भनाई छ ।

नेपाल सहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको १४४१ औं जन्म जयन्ती मनाएका छन । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu