Connect with us
Kapilvast Forest

मेडिकल संचालकलाई शिक्षामन्त्रीकाे ‘अल्टिमेटम’

२०७६, २५ कार्तिक सोमबारमा प्रकाशित

Girirajmani-pokrel
काठमाडौं । सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताउनुभयो । सोमबार युनेस्कोको बैठकमा सहभागी हुन आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताउनुभयो । यसबारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई सोमबार पत्र लेखेर जानकारी गरिने बताउनुभयो ।मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो ।

निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् । यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा. गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गर्नुभएको छ । डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न शुरु गरेको मन्त्री पोखरेलले बताउनुभयो । अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसीलाई आग्रह गर्नुभयो ।

डा. केसी विभिन्न माग राखेर आठ दिनदेखि डडेलधुरामा अनसनरत हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj