Connect with us
Kapilvast Forest

महिला कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

कैलाली । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाको निवेदनका आधारमा अध्यक्ष हौजाली मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन्। पीडित महिलालाई पनि हामीले बोलाएका छौं । निरीक्षक भट्टले भने, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu