दरबारमार्गमा सामूहिक बलात्कार : मुख्य दोषीलाई पाँच वर्ष जेल
काठमाडौं दरबारमार्गमा दुई वर्षअघि एकल महिलामाथि सामूहिक बलात्कार भएको ठहर अदालतले गरेको छ। उक्त घटनाका मुख्य अभियुक्त शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय सुनाइएको छ।
पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको छ। मतियारमा विकास गौतम र दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाइएको छ।
कार्की रामेछाप दुरा गाउँका हुन् भने गौतम काभ्रे चौरी देउराली र श्रेष्ठ सिन्धुपाल्चोक जेठलका। उनीहरू काठमाडौंमा बस्दै आएका थिए। जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दोषीलाई कैद सजाय र पीडितलाई क्षतिपूर्ति हुने फैसला सुनाएको हो।
अभियुक्तलाई कैद सजाय हुने गरी जिल्ला अदालतबाट गत बिहीबार फैसला आएको जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए।आजको अन्नपुर्णमा समाचार छ ।