Connect with us
Kapilvast Forest

आफ्नै नाममा दर्ता भएकाे सिम बोक्न टेलिकमको आग्रह

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

ntc

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई आफ्नै नामको सिम बोक्न आग्रह गरेको छ। टेलिकमले नयाँ व्यवस्था गर्दै व्यक्तिको पहिचान कोड बनाउनुपर्ने भएकाले आफ्नै नामको सिम बोक्न आग्रह गरेको हो।

डिजिटल भुक्तानीको बजार बढ्दै गएको र सो क्रममा मोबाइलबाटै पेमेन्ट गर्न सहज र सुरक्षित होस् भन्ने हेतुले यस्तो आग्रह गरेको टेलिकमले जनाएको छ।

यसले व्यक्तिको सुरक्षामा समेत सहयोग हुनेछ। अरुको नाममा दर्ता भएको सिमबाट अवाञ्छित कार्यमा प्रयोग भए त्यसको भागिदार ग्राहक हुने भएकाले पनि टेलिकमले सचेत गराएको हो।

स्टार९२२ह्याक्स डायल गरी आफ्नो सिम कसको नाममा दर्ता छ भन्ने थाहा पाउन सकिन्छ।

अरुको नाममा दर्ता रहे पनि टेलिकम शाखा कार्यालयबाट आफ्नो नाममा दर्ता गराउन टेलिकमले भनेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu