Connect with us
Kapilvast Forest

राजा वीरेन्द्रको निजी निवास सर्वसाधरणले हेर्न पाउने !

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्षपछि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट, कर्मचारी व्यवस्थापनलगायतका विषयमा अध्ययन शुरू गरेको छ।

यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्रालयले योजना तयार गरेको हो।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक–दुई दिनभित्र राजपत्रमा सूचना प्रकाशित गरी विकास समितिको प्रमुख नियुक्ति प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘विकास समिति बनाउने सरकारको निर्णयलगत्तै अन्य छनोट प्रक्रिया शुरू गरेका छौं।’विकास समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था छ। विकास समितिमा मन्त्रालयले आवश्यक पर्ने जनशक्ति राख्ने विषयमा गृहकार्य शुरू गरेको छ।

मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसहितको टोलीले गएको कात्तिक १३ गते संग्रहालयको अवस्था, आवश्यक पर्ने थप जनशक्ति, गणतन्त्र स्मारक सञ्चालन गर्न आवश्यक तयारीलगायतको विषयमा छलफल गरेको थियो। टोलीले संग्रहालय प्रशासनलाई दरबन्दीको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो।

राणा प्रधानमन्त्री वीर शमशेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो। हालको दरबार विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण भएको हो। हाल देखिएको दरबार राजा महेन्द्रको पालामा पुनर्निर्माण गरिएको थियो।राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटीको सबै कक्ष खुला गर्न सकिएको छैन। अहिले ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुटलगायतका सामग्री प्रदर्शनीमा राखिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu