घुसहित पक्राउ परेका कर्मचारी बिरुद्ध आरोपपत्र दायर
कपिलवस्तु २८ कात्तिक, । कपिलवस्तु मालपोत कार्यालयका घुससहित पक्राउ परेका दुई जना कर्मचारी बिरुद्ध आरोप पत्र दायर गरीएकाे छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड क बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
गत महीना भूमिसुधार तथा मालपोत कार्यालय कपीलवस्तुबाट खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलकाे टाेलीले उनीहरुलाइृ पक्राउ गरेकाे थियाे । उनीहरुमाथि अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ ।
समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीले रु ६ हजार रुपैयाँ घुस सहीत अख्तियारले पक्राउ गरेकाे थियाे ।