Connect with us
Kapilvast Forest

गच्छदारसँग अख्तियारको ४ घण्टे बयान

२०७६, ३० कार्तिक शनिबारमा प्रकाशित

 काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार जग्गाा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग ४ घण्टा लामो बयान लिएको छ । अख्तियार स्रोतका अनुसार गच्छदारसँग अनुसन्धान अधिकृतहरुले शुक्रबार साँझ ५ बजेदेखि ९ बजेसम्म बयान लिएका हुन् ।

बयानको क्रममा गच्छदारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको भन्दै बचाउ प्रयास गरेका छन् । बयानका क्रममा गच्छदारले भनेका छन्, ‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले हस्ताक्षर गरेर मन्त्रिपरिषदमा  पठाएको हुँ । यसमा मेरो कुनै दोष छैन् ।’

अख्तियारले प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास प्रकरणमा सय जना बढीसँग बयान लिइसकेको छ भने १५० जनालाई बयानका लागि पत्राचार गरेको   छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu