Connect with us
Kapilvast Forest

पाँचौ चन्द्रौटा महोत्सवको आयव्याय गुपचुप

२०७६, ३० कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु कार्तिक ३०,
गएको वर्ष संचालन भएको पांचौ चन्द्रौटा महोत्सवको आय व्याय गुपचुप राखिएको छ । व्यापार संघ कपिलवस्तुको आयोजनमा १० दिन सम्म संचालन भएको महोत्सवमा भएको कारोवारको आयव्याय गुपचुप राखिएको खुलेको छ । विगत देखि पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरिदैं आएको हिसाव पांचौ चन्द्रौटा महोत्सवको आयोजक व्यापार संघले वाहिर सार्वजनीक गरेको छैन । संघका उपाध्यक्ष अर्जुन सापकोटा र सचिव गोपाल वन्जाडेले आयव्याय सार्वजनीक भएको भनेर सामाजीक संजालमा लेखेका छन ।

तर आर्थिक प्रतिवेदन संचारकर्मी तथा आम नागरिक कसैले पनि हेर्न पाएका छैन । प्रतिटिकट एक रुपैंया शिवराज नगरपालीका भित्रका वर्थींग सेन्टरलाई दिने भनेर उदघोष गरेको संघले आय व्याय नै सार्वजनीक नगरी ५० हजार रुपैंया नगरपालीकालाई दिएको खुलेको हो । महोत्सव अवधी भरी लाख भन्दा धेरै टिकट विक्रि भएको भन्ने जानकारी संचार माध्यकलाई दिए पनि प्रति टिकटको रु १ बराबर सहयोग रकम भने ५० हजार मात्रै दिएको छ ।

लामो समय सम्म महोत्सवको आयव्याय सार्वजनिक नहुनुले महोत्सवले तिर्नु पर्ने राजश्व पनि के कति तिरे नतिरेको प्रति आम नागरिकको चासो गएको छ । महोत्सव चन्द्रौटा वासी नागरिकको सरोकारको विषय भएकाले मेलाले गरेको कारोवारको आयव्याय नागरिकले थाहा पाउने गरी संचारमाध्यमवाट सार्वजनीक गर्नुपर्ने नागरिक अगुवाहरुले वताएका छन ।महोत्सव समापन भएको एक महिनामै आयव्याय सर्वाजनिक गर्ने भनेको व्यापार संघले एक बर्ष विते पनि कानमा तेल हालेर बसेको स्थानियले बताएका छन ।

लाखौ नाफा रहने उक्त महोत्सवको कारोवार सार्वजनिक नहुनु र सस्थाका पदाअधिकारीले सार्वजनिक भयो भनेर अभिव्यक्ति दिनुले संका उत्पन्न भएको छ । तेस्रो महोत्सव संचालन गरेको संघले आफ्नो कार्यलयमै एक दर्जन वढी पत्रकार वोलाएर सार्वजनिक गरेको थियो । संस्था सचिव गोपाल बन्जाडेले पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्कालाइ वोलाएर सार्वजनिक गरिएको वताएका छन ।

चन्द्रौटा क्षेत्रका करिब १ दर्जन बढि सक्रिय पत्रकार र आधा दर्जन बढि संचार माध्यम लाई खवरै नगरि आय व्याय सार्वजनिक गर्नु नागरिकले जान्न पाउने अधिकार खोसिएको संचार सस्थाका प्रमुखहरुको भनाई छ । सामाजिक संजालमा आय व्याय सार्वजनिक भएको भन्ने संघका पदाधिकारीको जवाफलाई बजार वासीले गैर जिम्मेवारी भनेका छन । व्यापार संघ कपिलवस्तुको अहिले सामाजिक संजालमा चर्का आलोचना भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu