ईटालीद्वारा अर्मेनिया ९–१ ले पराजित
राति समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मेनियालाई १–९ गोल अन्तरले हराउँदै ऐतिहासिक जित निकालेको छ । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गरेको गोल महत्वपूर्ण बनेको थियो ।
यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आर्साेलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मेनियाका ईडगर बाबायानले एक गोल मात्रै फर्काए । बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठूलो जित निकाल्नबाट भने रोकेका थिए ।
सन् १९४८ मा ईटालीले अमेरिकालाई (९–०) गोल अन्तरले हराएको थियो .विश्वकप २०१८ मा छनोट हुन असफल ईटालीले यूरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । ईटालीले छनोटका सबै खेलमा शतप्रतिशत जित निकाल्दै समूह जे को शीर्ष स्थानमा रहेको छ । छनोटको अन्त्यसहित अर्मेनिया पाँचौ स्थानमा रहेको छ ।