Connect with us
Kapilvast Forest

भ्रष्टाचार विरुद्ध आवाज उठाऔ(नागरिक सुधरे, देश सुध्रीन्छ)

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

  • वशिष्ठ तिवारी

वर्तमानमा भ्रष्टाचार र भ्रष्टाचारी को  मुद्दा जोर सोर ले  कथित तौर ले जनअावाज बन्दै गइरहेको पाइन्छ, कतै न कतै कैँसर रुपी भ्रष्टाचारको  जरो विकसित पनि भएकै हो तर एक मात्र सरकारी निकाय र  राष्ट्रसेवक कर्मचारी को साथ साथै जनप्रतिनिधि मात्र दोषी छैनन।, हामी जनताहरु पनि त्यसको भागिदार छौ किनभने भ्रष्टाचार लाई प्रफुल्लित गर्नुमा  सम्पूर्णको  पुर्ण अथवा आंशिक रुपमा  सहभागिता छ  भन्ने कुरा प्रष्ट छ।

भ्रष्टाचार जस्तो ज्वलन्त मुद्दाको  सम्बन्धित निकाय लाई  दोषारोपण गर्ने परिपाटी को  अनत्य गरौं र  सभ्य नागरिकको परिचय दिदै  सभ्य समाजको  स्थापना गरौं।
विद्युत मिटरको  जडान  अधिकांश घरमा छ,  र  विद्युत चुहावटको पनि मु्द्दा दिनदिनै समाचारमा पनि आई रहेको पाइन्छ,  एक चोटी अवश्य विचार गरौं कि के बिद्युत चुहावट गर्ने जन्ता को  नैतिकता ले  भ्रष्टाचार विरुद्ध अवाज उठाउन दिन्छ?, त्यस्तै  सावारी चालक अनुमतिपत्र ना भएकोले  सवारी चलाउँदा  ट्राफिक प्रहरी को  लागि छुट्टै पैसा राखेको हुन्छन्  त्यो पनि  रसिद कटाउनु को सट्टा  १०० /५० मा  काम चलाउ कि भन्ने हुन्छ।, त्यस्तै  पालिका हरुमा  आफ्नो कपोलकल्पित योजना बार्षिक   बजेट मा समावेश गराउन  नेताको झोला  उठाउनु देखि लिएर  तिनको  घर वरिपरिको  फोहर  समेत उठाउन तयार हुने  नागरिकको त कुरै न गरौं। त्यसतै  सीमा क्षेत्रको  जन्ता मा  एउटा के  भ्रम पाइन्छ भने  १०० /२००  को  भन्सार रसिद कटाउनु को सट्टा  गोप्य बाटो मा  गयि  शशस्त्र प्रहरी, जनपथ प्रहरी र  भन्सारको  कर्मचारी लााइ  सिधै खल्तिमा पैसा दिनु ठिक हो।

अब आफै विचार गरौं कि  यति गर्दा गर्दै के  जन्तालाई कुनै अधिकार हुन्छ भ्रष्टाचार विरुद्ध अावाज उठाउन?
हाम्रो समाज कता तिर लम्किरहेको छ, यो  बुझ्न  नितान्त आवश्यक छ। अरुलाई दोषारोपण गर्नुको सट्टा  पहिला आफू भ्रष्टाचार रहित बन्नु पर्छ ।समाजमा विकृति को कमि छैन तर  आंशिक रुपमा त्यहि विकृति मा  समावेश हुनु  अत्यन्त निन्दनीय कार्य हो, त्यहि भएको हुनाले  पहिला आफुलाई परिमार्जन गरि  भ्रष्टाचार मुक्त होऔं।

त्यसतै  आजकलका कथित केहि युवा पनि  SEE,  SLC,  DIPLOMA, BACHELOR,  MASTER  गरे पनि  फेरि  जागिरको लागी  नेता हरुको पछाडी लागेको पाइन्छ अब आफै बिचार गरौं  करार जागिरको  लागि  नेताको  झोला बोक्ने युवाले  राष्ट्रको  उत्थान गर्छन  या  भ्रष्टाचारमा  लिप्त हुन्छन।
भ्रष्टाचार भयो भन्दिदा सजिलो छ  तर  आफूलाई भ्रष्टाचाररहित बनाउन अत्यन्त गार्हो छ।

देश को  समृद्धि जन्तामा निहीत हुन्छ  त्यही भएको हुनाले हरेक नागरिकले  पहिला आफ्नो स्तर वाट ईमान्दारीता र  नैतिकताको  परिचय दि  राष्ट्रको  उत्थान  गर्नु पर्छ।
कुनै एक ब्यक्तिले राष्ट्रको  पुनर्उत्थान गर्छन  भन्ने कुरा  न  सोचे हुन्छ। सम्पूर्ण ले  आआफ्नो तह बाट  सभ्य काम गरि  राष्ट्रको  विकासमा  योगदान  गर्नु पर्छ।

वशिष्ठ तिवारी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj