Connect with us
Kapilvast Forest

हङकङमा मतदान: बिहानै ठूलो सङ्ख्यामा मतदाताको लाइन

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं ,मंसिर ८।

प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका छन्।

पाँच महिना लामो राजनीतिक अस्थिरतापछि हुन लागेको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन्।

अधिकारीहरूले मतदान केन्द्रहरूमा गम्भीर समस्या उत्पन्न भयो भने मतदान स्थगित गर्ने धम्की दिएका छन्।हङकङको जिल्ला परिषद्‍मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन्।प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्।Jपरिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ।

 

बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन्।

स्थानीय समय अनुसार ७:३० बजे मतदान केन्द्र खुलेका छन्। अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन्। हङकङको जनसङ्ख्या ७४ लाख छ।

४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन्। र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ। ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj