यौन दुर्व्यहार गरेको आरोपमा अधिकृत निलम्बित
मंसिर ८,काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरिएको छ ।
परिषद्काअनुसार कार्यालय समयमै मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि यौन दुर्व्यहार गरेको आरोपमा झालाई निलम्बन गरिएको हो ।
मंसिर १ गते दिउँसो ३ बजेतिर मादक पदार्थ सेवन गरी झाले महिला सहकर्मीमाथि यौन दुर्व्यहार गरेको आरोप छ ।
घटनालगत्तै महिला कर्मचारीले परिषद् अध्यक्ष प्राडा अञ्जनीकुमार झा समक्ष आफूमाथि यौन दुर्व्यहार भएको भन्दै उजुरी गरेकी थिइन् । परिषद्का अध्यक्ष डा. झाले अधिकृत झाविरुद्ध उजुरी परेपछि तत्काल कर्मचारीहरूको बैठक बोलाई विभागीय कारबाही गरेको जानकारी दिनुभएकाे छ ।
झालाई मंसिर ४ गतेदेखि १८ गतेसम्मका लागि निलम्बन गरिएको हो । तलब रोक्का तथा निलम्बनसम्बन्धी पत्रमा परिषद्को कर्मचारी प्रशासन नियमावली बमोजिम निलम्बन गरिएको परिषद्ले उल्लेख गरेको छ ।