Connect with us
Kapilvast Forest

भक्तपुर क्यान्सर अस्पतालमा दुई व्यवस्थापनबीच झडप

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

भक्तपुर ,मसिंर ८ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ ।

पुरानो व्यवस्थापन समितिले प्रमुख कार्यकारी अधिकृतको रुपमा रुपेश शिलाकार र मेडिकल सुपरिटेण्डेन्टमा दिपेन्द्र धिताललाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।

पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । एकलौटी ढंगबाट नियम विपरित नयाँ समिति बनेपछि पुरानो व्यवस्थापन समिति अदालत पुगेको थियो ।

अदालतले नयाँ समिति गठनको औचित्यता नभएको भन्दै नयाँ समितिमार्फत अस्पतालको कुनै पनि कार्य नगर्नु/नगराउनु भन्ने अन्तरिम आदेश दिएको छ । यद्यपी नगरपालिकाका प्रमुखको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले नै अस्पतालको सम्पूर्ण कार्य गर्दै आएको छ ।

आइतबार लोकेन्द्र कुमार श्रेष्ठ ‘इश्वर’ को अध्यक्षतामा रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको बोर्ड बैठकले नयाँ प्रमुख कार्यकारी अधिकृत र मेडिकल सुपरिटेण्डेन्ट नियुक्त गरी अस्पतालमा पदभार ग्रहण गर्न पुगेको अवस्थामा विवाद सिर्जना भएको थियो ।

पदभार ग्रहण गर्न पुगेका व्यवस्थापन समितिका पदाधिकारी र नवनियुक्त प्रमुखहरुमाथि नयाँ व्यवस्थापन समिति, नगरपालिकाका कर्मचारी रअस्पतालका कर्मचारीहरुले विरोध जनाएपछि झडप भएको बताइएको छ ।

झडपका क्रममा नवनियुक्त प्रमुख कार्यकारी प्रमुख रुपेश शिलाकारको गाडीमा तोडफोड हुनुकाे साथै  २ जना घाइते भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu