बुटवलमा विप्लव निकट विद्यार्थीको प्रदर्शन
८ मंसिर, बुटवल ।भारतले जारी गरेको नयाँ नक्साको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीले बुटवलमा आइतबार वृहत प्रदर्शन गरेको छ ।प्रहरीले रोक्न खोजेपनि ठूलो संख्यामा रहेका विद्यार्थीले प्रहरीको अवरोधलाई छिचोल्दै विरोध प्रदर्शन गरे ।
विद्यार्थीले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो’, ‘भारतीय सेना नेपाल छोड’ लगायतका नारा लगाउँदै विद्यार्थीले बिरोध जुलुस निकालेका थिए । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बिरोध जुलुस निकालिएको हो । पार्टी पुनर्गठन भएको छैठौं वार्षिक उत्सवको अवसर पारेर भारतीय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन गरिएको एक विद्यार्थीले बताए ।
बुटवलको कालिका कलेज,लुम्बिनी वाणिज्य क्याम्पस,सिद्धार्थ क्याम्पस लगायतका कलेजका विद्यार्थीले योगीकुटी, कालिकानगर,देवीनगर,मिलनचोक,नयाँ बसपार्क,गोलपार्कबाट एकैसाथ जुलुस निकालेका थिए ।