लक्ष्य अनुसारको कार्यप्रगति देखाउन निर्देशन
मन्त्रालयको समिक्षात्मक बैठकमा आइतबार मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिनुभएको हो ।
उहाँले भौतिक, वित्तीय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिनुभयो । उहाँले काम नगरी धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिनुभयो ।
‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन’, बास्कोटाले भन्नुभयो, ‘निर्देशन लिखित आउँछ, तपाईको जवाफ पनि लिखित चाहिन्छ ।’
उहाँले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराउनुभयो । उहाँले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’
बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।