अब को बन्ला सभामुख ?
काठमाडौं ,मंसिर ९। यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महरालेराजनीमा दिएपछि रिक्त रहेको सभामुख चयन गर्न अन्योल भएको छ ।सभामुखपदमा सत्तारुढ राजनीतिक दलबीच समझदारी नहुदा नयाँ सभामुख चयन अन्योलमा छ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महरा सत्तारुढ दलबाट सभामुख थिए ।
उनले राजनीमा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० टुंगोमा पुगेको छैन । निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरुबीच सहमति नजुट्न नयाँ सभामुख कसलाई बनाउने भन्नेमा नेकपाले औपचारिक छलफल समेतगरेको छैन ।
निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरुबीच सहमति पनि जुट्न सकेको छैन् । अब उपनिर्वाचनपछि निष्कर्षमा पु¥याउने तयारी नेकपाभित्र भएको स्रोत बताउँछ । प्रधानमन्त्री केपी ओलीले सुवाचन्द्र नेम्बाङलाई सभामुख बनाउने चाहना राख्नुभएको छ ।
यस्तै सभामुखमा देवप्रसाद गुरुङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल र अग्नि सपाकोटाले इच्छा देखाएको स्रोत बताउँछ । नागरिक दैनिकले खबर छापेको छ ।