Connect with us
Kapilvast Forest

निर्वाचन विरोधी गतिविधिमा संलग्न समूह पक्राउ

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

सुनसरी ,सोमबार ९।  आगामी मंसीर १४ गते हुने सुनसरीको धरान उपमहानगरपालिकाको उपनिर्वाचनको विरोध गर्दै पर्चा पमप्लेट बाँड्दै हिँड्ने ९ जनाको समूहलाई धरान प्रहरीले पक्राउ गरेको छ । धरानको उपनिर्वाचन बहिष्कार गरौं भन्दै विरोधमा उत्रिनेमा सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेका छन् ।

धरानको छाता चोकमा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाई सर्बसाधारणलाई आत्तंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मोर्चाका केन्द्रिय सदस्य उदयपुरका टिकाराम राई, धरानका पारक लिम्बु, मोहन लिम्बु, प्रदेश सदस्य पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बु, रामबहादुर पौडेल, इटहरीका सन्तोष ठाकुर रहेको ढिएसपी न्यौपानले बताए ।पक्राउ परेका सबैलाई सोमवार अभद्र व्यवहार ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu