Connect with us

साग खेल आजबाट सुरु, पहिलो खेल नेपाल र बंगलादेशबीच

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं–  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका भलिबल खेल आजबाट सुरु हुदैछ।औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल खेल भने चार दिन अघि नै सुरु हुन लागेको हो। त्रिपुरेश्वरस्थित कभर्डहलमा आज दिउँसो ३ बजे सागको महिला भलिबलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्। आजै हुने समूह ‘बी’ को खेलमा माल्दिभ्सले पाकिस्तानसँग ५ बजे प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, सागमा पुरुष भलिबलतर्फ नेपालले आजै बंगलादेशसँग ७ बजे प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ। पुरुष भलिबलमा महिलाको जस्तै समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu