Connect with us
Kapilvast Forest

नक्कली चेक बनाएर बैंकबाट २० लाख निकाल्ने ६ जना प्रहरी नियन्त्रणमा

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

pakrau_hatya

काठमाडों । विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भइ हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल रहेका छन् । त्यस्तै, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौँको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएर हाल काठमाडौँको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

लुटेराहरुले जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले दिएको जानकारीअनुसार यी छ जनाबाट प्रहरीले १८ लाख रुपैयाँ बरामद गरेको छ।बैंकबाट उनीहरुले नक्कली चेक मार्फत नक्क्ली हस्ताक्षर गर्दै पटकपटक गरी खाताबाट रकम निकालेका थिए । पक्राउ पर्नेका साथबाट ठूलो मात्रामा प्रहरीले बैङ्कको चेक एटीएम बरामद गरेपछि बैङ्कका कर्मचारी पनि अनुसन्धानको घेरामा परेका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu