Connect with us
Kapilvast Forest

अस्पताल पुगेर देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । शेरबहादुर देउवाले अस्पताल पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।

सेन्टरको सघन उपचार कक्षमा रहेका प्रधानमन्त्रीसँग भने उनको भेट हुन पाएन । प्रधानमन्त्रीलाई चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिइएको छैन ।उनले डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेटेरस्वास्थ्य अवस्थाबारे चासो राखेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वताए।प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रेस सल्लाहकार थापाकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ । ‘आज आधा घन्टा कुर्सीमा बस्नुभयो र कालो चिया खानुभयो,’ थापाले भने, ‘उहाँको स्वास्थ्यमा गुणात्मक सुधार भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu