पूर्वराजा कपिलवस्तुमा आउने स्वागतका लागि तयारी
कपिलवस्तु, १२ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तु आउनु हुने भएको छ ।पूर्वराजा शाह मंसिर २० आउनु हुने भएसँगै स्वागतका लागि तयारी सुरु भएको छ । लुम्विनी अंचलका धार्मिक स्थल भ्रमणका क्रममा कपिलवस्तु आउनु हुने भएको छ । नागरिक अगुवा भिष्म वन्जाडेका अनुसार मंसिर २० गते वुद्धभूमिमनगरपालिका आउनु हुने छ ।
बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे स्थित पशुपतीनाथ मन्दिरमा शाहले पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । त्यस्तै शाहले परासीको पाल्ही भगवती, रुपन्देहीको पर्रोहा धाम, मर्चवारको काली मन्दिर, पाल्पाको भैरव स्थान भ्रमण बताइएको छ ।
शाहको २०६४ साल पछि कपिलवस्तुमा भ्रमण हुन लागेको हो । त्यसवेला शाहले सदरमुकाम तौलिहवा र कृष्णनगरको भ्रमण गर्नु भएको थियो । भ्रमणलाई सफल पार्नको लागी जिल्ला स्तरीय समिति गठन गर्ने तयारीमा रहेको छ । विहिवार आज भ्रमण स्थलमा वैठक गरी गठन गरीने वताईएको छ ।