अस्पतालको शैयावाट प्रधानमन्त्रीले पठाए सर्वसाधारणलाई यस्तो सन्देश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएका छन् ।
अस्पतालका उपचारार्थ रहेका प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । उनले अस्पताको शैय्याबाटै सामाजिक सञ्जाल प्रयोग गर्दै यस्तो जानकारी गराए । विहिवार ट्वीट गर्र्दै ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिएका हुन् । उनले शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् ।
उनले लेखेका छन्,’बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीलाई मंगलवार अचानक पेट दुख्न थालेपछि अस्पताल भनाए गरिएको थियो । चेकजाँचका क्रममा ओलीमा एपेन्डिक्स देखिएपछि ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरमा शल्यकृया गरिएको हो । उनी अहिले, महाराजगञ्ज स्थिति सोही अस्पतालमा उपचाररत छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । अस्पतालले प्रेस विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहेको छ ।