Connect with us
Kapilvast Forest

कपिलवस्तुमा उपनिर्वाचन तयारी पुरा, सुरक्षा व्यवस्था कडा

२०७६, १३ मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु १३ मंसिर,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा हुने उप निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । वडा न १० को लालपुर र शितलापुर गरी दुई आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने मतदान केन्द्र भने तिन वटा निर्धारण गरिएको छ ।
शिवराज नगरपालिका वडा न १० मा २ हजार ७२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ ,लालपुरमा ११६८ मतदाता रहेका छन । शनिवार हुने उपनिर्वाचनमा लागी खटिएका कर्मचारीहरु मतदान केन्द्र व्यावस्थापन गर्न व्यस्तता वढेको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीहरुले निर्वाचनको अघिल्लो दिन आज मतदाता परिचय पत्र लैजान वाकि रहेका मतदातालाई परिचय पत्र वितरण गरिएको थियो ।
उपनिर्वाचनका लागि ३ जना मतदान अधिकृत, ३ जना सहायक मतदान अधिकृत ६ जना साहयक कर्मचारी, ३ जना सहयोगी गरी १५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरेर जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको संयोजक्त्वमा सुरक्षा व्यवस्था गरिएको छ ।

मतदातालाई ठुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यलय अपिल समेत गरेको छ । सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र,अनुसनधान र नेपाली सेना खटिएका छन् । प्रमुख जिल्ला अधिकृत श्रेष्ठले ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधीभर चलाउन नपाइने सुरक्षा अधिकारीको भनाई छ ।

वडा न १० क्षेत्रको चारै तर्फ सुरक्षाकर्मीलाई खटाइएको छ । मतगणना सनिवार वाटै हुन सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन कार्यलय चन्द्रौटा परिसरमा मतगणना गरिने निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभएको छ ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका अदालत मनियार,नेपाली काग्रेसका देवराज भारती,समाजवादी पार्टी नेपालका तिरथ वहादुर रायमाझी,राजपा वाट मन्जु मिश्र लागएत १२ जनाको उम्मेदवारी रहेको । शकुन्तला भारतीको निधन भएका कारण उक्त वडामा अध्यक्ष पदको लागी निर्वाचन हुन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu