Connect with us
Kapilvast Forest

सर्लाहीमा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला, सेनाले गर्‍यो डिस्पोज

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ। उप-निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा विस्फोटक पदार्थ भेटिएको हो।

अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोबाइलमा ८:०५ को समयपनि निर्धारण गरिएको थियो।

फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो। विस्फोट हुनुभन्दा अगाडीनै सुरक्षाकर्मीले जानकारी पाएको थियो। बम भनिएको उक्त विस्फोटक पदार्थलाई रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu