अर्घाखाँचीअहिलेसम्म ३० प्रतिशत मत खस्यो
अर्घाखाँची-अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा शान्तपुण वातावरणमा मतदान भइरहेको छ । अहिले सम्म ३० प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनु भयो।
३ हजार ३० मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुदैछ । वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन हुन लागेको हो