Connect with us
Kapilvast Forest

दाङमा आचारसंहिता विपरीत चुनाव प्रचार गर्ने पक्राउ

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

दाङ – सल्यानमा सरकारी गाडीको दुरुपयोग गरेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कुमाख गाँउपालिका ५ मा वडाध्यक्षका लागि हुन लागेको उपचुनावमा सरकारी गाडी प्रयोग गरी प्रचारप्रसार गर्ने नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढा चढ्ने बा २ झ ४२४६  नम्बरको सरकारी गाडी प्रयोग गरी शुक्रबार राति प्रचारप्रसार गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गर्ने नेता तथा कार्यकर्तालाई शुक्रबार राति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको नेपाली कांग्रेस सल्यानका जिल्ला सदस्य डिल्लीबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

‘गए राति १० बजेतिर सरकारी गाडी दुरुपयोग गरेर प्रचारप्रसार गरिरहेको समयमा हामीले गाडीसहित प्रहरीलाई बुझाएका हौँ’, उहाँले भन्नुभयो, ‘सरकारी गाडीको दुरुपयोग गर्नेलाई कडा कारबाही होस् ।’ प्रहरीले पक्राउ पर्नेहरुको नाम उल्लेख गरेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu