Connect with us
Kapilvast Forest

धरानमा ९८५१ मत गन्दा साझा पार्टीको पाँच मत

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

धरान उपमहानगरपालिकामा चार वटा वडाको मत गन्दा साझा पार्टीका उम्मेदवारले जम्मा पाँच भोट ल्याएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार उक्त पार्टीका मेयर पदका उम्मेदवार राजनकुमार श्रेष्ठले पाँच मत ल्याएका छन्।कार्यालयका अनुसार १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न हुँदा साझा पार्टीलाई जम्मा पाँच मत मात्र प्राप्त भएको हो।पछिल्लो मतपरिणाम अनुसार ९८५१ भोट गणना हुँदा नेकपा र कांग्रेस उम्मेदवारको तीव्र प्रतिस्पर्धा छ।

नेकपा उम्मेदवार प्रकाश राई प्रकाश राई ४५७४ मतका साथ अगाडि छन्। कांग्रेस उम्मेदवार तिलक राई ४५१७ मतका साथ पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर ५७ रहेको छ।धरान उपमहानगरपालिकामा ५५ हजार ११ मत खसेको छ। कूल मतदाता संख्या ९२ हजार ८५३ मध्येमा यति मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu