Connect with us

साग पुरुष भलिबल : भारत फाइनलमा प्रवेश

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिबल अन्तर्गत भारत फाइनलमा प्रवेश गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको सेमिफाइनलमा श्रीलंकालाई ३–१ सेटमा हराउँदै भारत फाइनल प्रवेश गरेको हो।

पहिलो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो । उक्त सेट भारतले २७–२५ ले आफ्नो पक्षमा पार्‍यो । लगातार दोस्रो सेट २५–१९ ले जितेको भारतले तेस्रो सेट भने गुमायो । उत्कृष्ट पुनरागमन गरेको श्रीलंकाले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । तर चौँथो सेटमा भारत २५–२१ ले विजयी हुँदै स्वर्ण पदकका लागि फाइनल प्रवेश गर्‍यो ।

पुरुष भलिबलको दोस्रो सेमिफाइनल खेल पाकिस्तान र बंगलादेशबीच दिउँसो १:३० बजे राखेपको कभर्डहल त्रिपुरेश्वरमा हुनेछ । नेपाल भने समूह चरणबाटै बाहिरिसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu