कास्की मतगणना अपडेट– विद्याले १५ हजार मत ल्याउँदा खेमराजको ७ हजार
कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १५ हजार ५ सय ८ मत प्राप्त गरेकी छिन् ।उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।
यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ७ हजार २३ रहेको छ । ११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।