Connect with us
Kapilvast Forest

प्यूठानका तीनवटै वडामा नेकपा विजयी

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

प्यूठान : २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ मतले पराजित बनेका भीमेशकुमार घर्ती स्वतन्त्र उमेदवारीबाट विजयी बनेका छन्। स्थानीय तहको निर्वाचनमा १२ मतले हराएको राष्ट्रिय जनमोर्चालाई ३ सय ५१ मतान्तरसहित विजयी भएका हुन्। नेकपाले राजमोलाई सहयोग गर्ने गरी निर्वाचनमा जाने सहमति गरेपछि घर्तीले स्वतन्त्रबाट उमेदवारी दिएका थिए।

छडी चिन्हबाट लडेका घर्तीले ८ सय ५५ मत लिए भने निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर विकले ५ सय ४ मत र कांग्रेसका भूपाल सिं जिसीले ३ सय ५६ मत लिए। ऐरावती गाउँपालिकामा लामो समय शिक्षण पेशा, जनजाति महासंघलगायतका विभिन्न संघसंस्थामा आवद्ध घर्ती त्यस क्षेत्रमा लोकप्रिय नेताका रूपमा चिनिन्छन्। ऐरावती गाउँपालिकाका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समितिका प्रमुख भएपछि अध्यक्ष पद खाली रहेको थियो। घर्तीलाई नेकपा प्यूठानले अघोषित रूपमा सहयोग गरेको बुझिएको छ। ऐरावती १ मा ९ मतले नेकपा विजयी ऐरावती गाउँपालिका १ दाङवाङमा नेकपाका नेता दोर्णप्रसाद पाण्डे विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अमर रेश्मीलाई ९ मतले हराउँदै पाण्डे विजयी भएका हुन्। पाण्डेले ६ सय ९६ मत लिए भने रेश्मीले ६ सय ८७ मत लिएका छन्। त्यस्तै, प्यूठान नगरपालिका २ मा नेकपामा मुक्ति पोख्रेलले शनिवबार राति नै विजयी प्राप्त छन्। नेपाली कांग्रेसका उम्मेदवार मोहन सिं विष्टलाई २ सय ८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हुन्।

विजयी उम्मेदवार पोख्रेलले १ हजार १ सय २७ मत र प्रतिद्वन्दी विष्टले ८ सय ४३ मत प्राप्त गरे भने २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमले जानकारी दिए।  दुईजनाको उम्मेदवारी परेको प्यूठान नगरपालिका-२  मा ३ हजार २१ मतदाता रहेकोमा  १ हजार ९ सय ९५ जना मतदाताहरुले मतदान गरेका थिए। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नेकपाका वडा अध्यक्ष खिमबहादुर बिष्टको निधन भएका कारण वडा नं.२ मा उपनिर्वाचन गराइएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu