Connect with us
Kapilvast Forest

बोक्सीको आरोपमा देवरले कुटे भाउजू

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

बैतडी । सदरमुकाममा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेलामा गाउँमा बोक्सीको आरोप लगाएर एक जना देवरले आफ्नै भाउजू (एकल महिला ) माथि कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएकी महिलाको बैतडी अस्पतालमा उपचार भइरहेको छ ।

बैतडी पुर्चौडी नगरपालिका -९ तल्लादेहीकी एकल महिला उत्तरा ढुङ्गालमाथि उनकै देवर नाता पर्ने डम्बर ढुङ्गाल र देउरानी पवित्रा ढुङ्गालले ‘तिमीलाई देखेपति मेरो छोरा बिरामी हुन्छ’ भन्दै लात्ती, मुङ्ग्रो र पानी भरेको बाल्टीले कुटपिट गरेको पीडित महिलाले बताइन् ।

पीडित महिला उत्तरा ढुङ्गालले भनिन्,‘शनिबार बिहान म लुगा धुँदैथिएँ ।’ देवर र देउरानी आएर एक्कासि लात्ती, मुङ्ग्रो र पानी भरेको बाल्टीले आक्रमण गरे । श्रीमान् बितेको ७ वर्ष भयो । घरमा १२ वर्षकी एक छोरी र ७ वर्षको एक छोरा छन् ।

उपचारका लागि उत्तरालाई जिल्ला अस्पताल बैतडी ल्याउने भाइ शेरबहादुर महराले दिदीमाथि बोक्सीको आरोप लगाएर कुटपिट भएको बताए । महराले भन्नुभयो,‘ पहिले पनि घरायसी झगडा हुनेगरेको रहेछ । शनिबार दिदीको देवर देउरानीले ‘तिमीलाई देखेपछि छोरा बिरामी हुन्छ ’ भन्दै कुटपिट गरेछन् ।

घटनाबारे प्रशासन गम्भीर भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो । पौडेलले भन्नुभयो,‘महिला हिंसा र मानव अधिकारको गम्भीर उल्लंघन भएको छ । प्रजिअ पौडेलले भन्नुभयो,‘शनिबार हामी निर्वाचनको काममा व्यस्त थियौँ । । महिलामाथि कुटपिट भएको खबर पाउनसाथ पीडितलाई उद्धार गरि अस्पताल ल्याउन निर्देशन दिएको र पीडितको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।’

घटना पछि महिलालाई उद्धार गरेर बैतडी अस्पताल ल्याउन प्रहरीले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनरारायण पाण्डेयले बताउनुभयो । पाण्डेयले भन्नुभयो बोक्सीको आरोप भनिएपनि घरायसी झगडामा महिलामाथि कुटपिट भएको बुझिएको छ । उपचार पछि पीडितको जाहेरी अनुसार अनुसन्धान गरि दोषीमाथि कारबाही गरिने छ । गोरखापत्रमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu